नेकपा नुवाकोटका एकदर्जन कार्यकता कांग्रेस प्रवेश
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका १३ जना युवाहरु नेकपा परित्याग गरि कांग्रेस प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै कांग्रेस नुवाकोटका सभापति केशी ।
मंगलबार तुप्चेमा कांग्रेसका जिल्ला सभापति जगदिश्वर नरसिंह केशीले एक कार्यक्रमका विच उनीहरुलाई स्वागत गरेका हुन् । केशीले नवप्रवेशीहरुलाई टिका र खादा लगाएर स्वागत गरेका छन् । कांग्रेस प्रवेश गर्नेहरुमा कुमारी विश्र्वकर्मा,दावा तामाङ, सविना पराजुली, विनोद विश्र्वकर्मा, रोमबहादुर तामाङ र बोधबहादुर तामाङ रहेका छन् ।
यस्तै कांग्रेस प्रवेश गर्नेहरुमा जित बहादुर तामाङ,गणेश नेपाली,लोकबहादुर लोहार, ओसन नेपाल, भरत श्रेष्ठ ,सुरेन्द्र अधिकारी र श्रीकृष्ण श्रेष्ठ रहेको नेपाली कांग्रेसका जिल्ला सभापति जगदिश्वरनरसिंह केशीले जानकारी दिए ।

पार्टी प्रवेश गरेका युवाहरु सामुहिक फोटो खिचाउँर्दै ।
सरकार अधिनायकवादतर्फ उन्मुख भएको र उसले गरेको काम अलोकप्रिय भएसँगै आफुहरु नेकपा परित्याग गरि कांग्रेस प्रवेश गरेको पार्टी प्रवेश गरेका युवाहरुले बताएका छन् । पछिल्लो समय नुवाकोटमा कहिले नेकपा त कहिले कांग्रेस पार्टी प्रवेश गर्ने लहर नै चलेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया