नेकपा नुवाकोटका एकदर्जन कार्यकता कांग्रेस प्रवेश
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेका १३ जना युवाहरु नेकपा परित्याग गरि कांग्रेस प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्दै कांग्रेस नुवाकोटका सभापति केशी ।
मंगलबार तुप्चेमा कांग्रेसका जिल्ला सभापति जगदिश्वर नरसिंह केशीले एक कार्यक्रमका विच उनीहरुलाई स्वागत गरेका हुन् । केशीले नवप्रवेशीहरुलाई टिका र खादा लगाएर स्वागत गरेका छन् । कांग्रेस प्रवेश गर्नेहरुमा कुमारी विश्र्वकर्मा,दावा तामाङ, सविना पराजुली, विनोद विश्र्वकर्मा, रोमबहादुर तामाङ र बोधबहादुर तामाङ रहेका छन् ।
यस्तै कांग्रेस प्रवेश गर्नेहरुमा जित बहादुर तामाङ,गणेश नेपाली,लोकबहादुर लोहार, ओसन नेपाल, भरत श्रेष्ठ ,सुरेन्द्र अधिकारी र श्रीकृष्ण श्रेष्ठ रहेको नेपाली कांग्रेसका जिल्ला सभापति जगदिश्वरनरसिंह केशीले जानकारी दिए ।

पार्टी प्रवेश गरेका युवाहरु सामुहिक फोटो खिचाउँर्दै ।
सरकार अधिनायकवादतर्फ उन्मुख भएको र उसले गरेको काम अलोकप्रिय भएसँगै आफुहरु नेकपा परित्याग गरि कांग्रेस प्रवेश गरेको पार्टी प्रवेश गरेका युवाहरुले बताएका छन् । पछिल्लो समय नुवाकोटमा कहिले नेकपा त कहिले कांग्रेस पार्टी प्रवेश गर्ने लहर नै चलेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया