नुवाकोटको तुप्चेमा पोष्टबहादुरको सम्झना
विदुर । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पोष्टबहादुर बोगटीको छैठौं स्मृति दिवसको अवसरमा आज विविध कार्यक्र आयोजना गरिएको छ ।
स्मृति दिवसको अवसर पारेर बोगटीको जन्मस्थल तुप्चे,पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान पिपलटारमा श्रदान्जली सभाको आयोजना गरिएको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध नेताहरुले आफ्नो राजनीतिक जीवनकालमा बोगटीले अपनाएको जीवनशैली र राजनीतिक आदर्शको अनुशरण गर्नसके पार्टीलाई जनतामा पूर्णरुपले स्थापित गराउन सकिने धारणा ब्यक्त गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य बिमला सुबेदीले नेता बोगटीको जीवन सबै राजनीतिकर्मीहरुका लागि प्रेरणाको स्रोत रहेको बताउँदै बोगटीको सादगीपूर्ण जीवनशैलीको अनुकरणबाट बिकृत बन्दै गएको राजनीतिलाई सहि मार्गमा ल्याउन सकिने धारण ब्यक्त गरिन् । पछिल्लो समय नेपाली राजनीतिमा बोगटीको अभाव झनै खड्किएको बताउँदै नेतृ सुबेदीले राजनीतिलाई समाज रुपान्तरणको माध्यम बनाउन पनि बोगटीपथ आवश्यक रहेको बताईन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, नेकपा नेता पुष्प लामिछाने, बिदुर नगरपालिकाका प्रमुख सञ्जु पंडित, प्रतिष्ठानका लीलानाथ न्यौपाने र ईन्द्रबहादुर पंडितले स्वर्गीय नेता बोगटीको जीवनशैली र समाजसुधारक छबीक वारेमा चर्चा गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया