बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ : प्रधानमन्त्री इमरान
एएनआई । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताउनुभएको छ ।
उहाँले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राख्नुभएको समाचारमा जनाइएको छ । उहाँले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ ।
सो अन्तर्वार्ताका क्रममा उहाँले सो धारणा राख्नुभएको अलजाजिरा मिडियाले जानकारी दिएको छ । उहाँले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राख्नुभएको हो ।पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना बच्चाकै अगाडि लाहोरको एक सडकमा सामुहिक बलात्कृत भएकी थिइन् ।
त्यसपछि पाकिस्तानमा बलात्कारीलाई गर्ने कारबाहीका विषयलाई लिएर विभिन्न खालका प्रतिक्रियाहरु आइरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा बलात्कारमा संलग्न हुने व्यक्तिलाई के कस्तो खालको कारबाही गर्नुपर्छ भनी सोधिएको प्रश्नमा सो जवाफ दिनुभएको हो ।
गत हप्ता पञ्जाव प्रान्तको लाहोर शहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई जबर्जस्ती कार रोकेर उनको कारमा समेत तोडफोड गरी कारबाट सडकमा निकालेर बलात्कार गरिएको थियो । त्यसपछि उनका गरगहना पनि लुटिएको थियो । यस घटनापछि पाकिस्तानका विभिन्न शहरमा सरकारले सुरक्षा दिन नसकेको भन्दै विरोध प्रदर्शनहरु भएका छन् ।
महिलामाथिका यस्ता हिंसाको अन्त्य गर्दै बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै ती विरोध प्रदर्शृनहरु भएका हुन् । त्यस घटनामा संलग्न भएको आशंकामा लाहोर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया