जुम्लाबाट डा. केसी फेरि अनशनमा

विदुर खबर २०७७ भदौ ३० गते ९:१३

नुवाकोट ।  चिकित्सा शिक्षाको सुधारको माग गर्दैै आउनुभएका डा. गोविन्द केसीले जुम्लाबाट अनशन शुरु गरेको घोषणा गर्नुभएको छ । विभिन्न ६ बुँदे माग राखेर सोमबार दिउँसोबाट अनशन शुरु गरेको बताउनुभएको छ ।

Advertisement

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस शुरु गर्नुपर्ने, पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने र लकडाउन देशभर पूर्णरुपमा अन्त्य गर्नुपर्ने माग राखेर आफूले अनशन शुरु गरेको डा. केसीले बताउनुभएको छ ।

डा. केसीले विभिन्न घूस काण्डको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पनि गर्नुभएको छ । विभिन्न घोटला तथा भ्रष्टाचार काण्डमा मुछिएका व्यक्तिलाई सरकारले उन्मुक्ति दिएको भन्दै उनीहरुलाई कारबाही नगरेसम्म आफूले अनशन नतोड्नेसमेत उहाँले दाबी गर्नुभएको छ ।

Advertisement

डा. केसीले महामारीको समयमा नागरिक भोकै मर्ने अवस्था आउँदा पनि राज्य मूकदर्शक बनेको भन्दै चिकित्सा शिक्षामा सुधार नभए आफूले कुनै हालतमा अनशन नतोड्नेसमेत घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया