सिन्धुपाल्चोकमा २ महिनामा पहिरोमा परि ७३ को मृत्यु, ४२ बेपत्ता
सिन्धुपाल्चोक । भूकम्पले थिलथिलो बनाएको जमिन, वर्षेनी भारी वर्षा हुँदा सिन्धुपाल्चोक पहिरोको ‘इपिसेन्टर’ बन्न पुगेको छ । पछिल्ला दुई महिना पहिरोमा परी दर्जनौंले अकालमा ज्यान गुमाएका छन् ।
सयौं सिन्धुबासीको उठिबास लागेको छ । दुई महिनामा मात्र सिन्धुपाल्चोकका ७३ जनाले पहिरोमा परी ज्यान गुमाउनुपरेको छ भने पहिरोमै परी ४२ जना अझै बेपत्ता छन् । २५ असारमा बाह्रबिसे नगरपालिका–५ स्थित जम्बुमा ठाडो खोला उर्लंदा जम्बु बजार क्षणभरमै खण्डहर बन्यो । बस्ती नै पुर्ने गरी ठाडो खोला उर्लंदा जम्बुमा २ जनाको मृत्यु भयो, १७ जना बेपत्ता भए ।भोटेकोसी गाउँपालिका–५ बुलकोटेका पहिरोले बस्ती पुर्दा २५ असारमा ६ जनाले ज्यान गुमाएका छन् । बुलकोटे पहिरोमा बेपत्ता ३ जनाको न त लास फेला प¥यो, न त सास नै भेटियो ।
साउन १९ मा पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले ३ जनाको ज्यान लिएको छ । सोही दिन मेलम्ची नगरपालिका–९ गैराबगरमा पहिरो खस्दा निर्माण मजदुरीका लागि आएका ९ जना तराईबासीले ज्यान गुमाउनुप¥यो ।जुगल गाउँपालिका–२ लिदीगाउँमा पहिरोमा परी ३७ जनाले ज्यान गुमाएका छन् ।
साउन ३० गते बिहानीपख बस्तीमाथिको पहाड खस्दा लिदीगाउँका ३९ जना बेपत्ता भएकोमा ३७ जनाको शव फेला प¥यो, २ जना अझै बेपत्ता छन् । आइतबार बिहान बाह्रबिसे नगरपालिका–७ घुम्थाङ भीरखर्कबाट खसेको पहिरोले नागपुजे र आसपासका १४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर अन्य १७ जना बेपत्ता भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया