कोभिड–१९ को ‘हटस्पट’ काठमाडौं महानगर
काठमाडौं । कोरोना संक्रमणको ‘हटस्पट’ बनेको काठमाडौं महानगरभित्र हालसम्म ४१ जनाको मुत्यु भएको छ । दैनिक करिब ३ सयको संख्यामा संक्रमित थपिँदै जाँदा महानगरभित्र आइसोलेसनको समस्या बढ्दै गएको छ ।
कामपा जनस्वास्थ्य विभागको तथ्यांकअनुसार हालसम्म झन्डै ५ हजार ५ सय जना संक्रमित रहेका छन् । कामपा कोभिड–१९ सम्पर्क अधिकृत ज्ञानबहादुर ओलीले हिजो सोमबारसम्म ४१ जनाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले काठमाडौंको तथ्यांक बढी देखिए पनि कामपाभित्रको कोभिड–१९ बाट मर्नेको संख्या ४१ जना मात्र रहेको बताउनुभयो । काठमाडौंमा करिब ६० जनाको मृत्यु भइसकेको छ । जनस्वास्थ्य शाखा काठमाडौंले महानगरपालिकाको तथ्यांक एक दिनपछि मात्र उपलब्ध गराउने भएकाले महानगरभित्र मर्र्ने र संक्रमितको संख्या बढी देखिएको हो ।
तथ्यांकअनुसार सबैभन्दा बढी संक्रमित वडा नम्बर १५ मा देखिएको छ । सो वडामा ४ सय ७७ संक्रमित छन् । त्यस्तै दोस्रोमा ठेगाना नखुलेकामा देखिएको छ । उनीहरुको संख्या ४ सय ५७ रहेको छ । तेस्रोमा १६ नम्बर वडामा संक्रमित देखिएका छन् । सो वडामा ३ सय ८७ संक्रमित छन् । नखुलेका संक्रमितहरुका विषयमा कामपाले मन्त्रालयमा जानकारी गराएको सम्पर्क अधिकृत ओलीले बताउनुभयो । कतिको फोन नम्बर नमिलेको त कतिले स्विच अफ गरेका कारण उनीहरुलाई सम्पर्क गर्न समस्या भएको उहाँको भनाइ छ । त्यस्ताको विषयमा मन्त्रालयलमा जानकारी गराउने गरेको उहाँले बताउनुभयो ।
कामपा जनस्वाथ्य विभाग प्रमुख हरि कँुवरले कोरोना संक्रमणको संख्या बढ्दै गएपछि कन्ट्र्याक्ट ट्रेसिङ र आरटी पीसीआर गर्नेको संख्या पनि त्यतिकै संख्यामा बढाइएको जानकारी दिनुभयो ।हालसम्म झन्डै १२ हजारको संख्यामा आरटी पीसीआर गरिसकेको छ । २८ गतेसम्मको तथ्यांकलाई आधार मान्दा वडा नम्बर १३ मा सबैभन्दा बढी पीसीआर गरिएको छ । सो वडामा १ हजार ३ सय ६३ जनाको आरटी पीसीआर गरिएको छ ।त्यसपछि सोह्रखुट्टे क्षेत्रको १६, स्वयम्भूको १५ र कलंकी क्षेत्रको १४ रहेका छन् । १३ मा १ हजार ३ सय ६३, १६ मा ८ सय ७५, १५ मा ८ सय १६ र १४ मा ७ सय १९ रहेका छन् ।
हालसम्म १ हजार ६ सय ९६ जना होम आइसोलेसन, ४ सय २४ जना अस्पतालमा, संस्थागत आइसोलेसनमा १ हजार २ सय ३९, सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ५९ रहेको छ । त्यस्तै १ हजार ४ सय ७० जना निको भएर घर फर्किसकेका छन् ।संक्रमितको संख्या बढ्न थालेपछि कामपाले एक सातायता दैनिक ५ सयको हाराहारीमा आरटी पीसीआर परीक्षण गर्ने गरेको छ । विभागीय प्रमुख कुँवरले सोमबार वडा नम्बर १४ मा १ सय ७०, २६ मा ९५, ३१ र १० मा १ सय ८५ र ३२ वडामा १ सय ३० जनाको आरटी पीसीआर परीक्षण गरेको बताउनुभयो । आज मंगलबार पनि करिब ५ सयको संख्यामा परीक्षण गर्ने योजनामा रहेको कुँवरले जानकारी दिनुभयो ।
देशभर कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुग्दा महानगरमा मात्र ५ हजार ५ सय हाराहारीमा पुगेपछि कमपाले आइसोलेसन र कोभिड अस्पतालसँग सहकार्य गरिरहेको जनाएको छ ।महानगरका संक्रमित राख्न दहचोकस्थित मनमोहन अस्पताल र सुकुम्बासी व्यवस्थापन गर्न इचंगु नारायणमा बनाइएका भवन र कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा व्यवस्थापन गरिएको छ । कामपाले आफैले कोभिड–१९ व्यवस्थापन केन्द्र निर्माण गरेपछि केन्द्रमा आएका गुनासोको आधारमा आरटी पीसीआर परीक्षण संक्रमितको व्यवस्थापन गर्ने गरेको छ ।
महानगरको कोर क्षेत्रमा संक्रमणको दर बढ्न थाले पनि कामपा प्रहरीले पसल सञ्चालनमा कडाइ गर्ने भएको छ । महानगरका प्रहरी प्रमुख धनपति सापकोटाले सो क्षेत्रमा फुटपाथ पसललाई पूर्णरुपमा निषेध गर्ने तयारी भइरहेको बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया