काठमाडौंमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो


काठमाडौँ । काठमाडौंका कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ सय ४० जनामा कोरोना पुष्टि भएसँगै काठमाडौंमा संक्रमितको संख्या १० हजार २८ पुगेको छ ।
त्यस्तै काठमाडौंमा कोरोनबाट अहिलेसम्म ६२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै काठमाडौंमा ७ जनाको मृत्यु भएको छ । काठमाडौंमा संक्रमण पुष्टि भएकामध्ये ४ हजार ५ सय २० जना निको भएका छन् ।
त्यस्तै उपत्यकाका अन्य जिल्लामा पनि संक्रमितको संख्या बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार दिउँसोसम्म ललितपुरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार एक सय ९० पुगेको छ । त्यस्तै ललितपुरमा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये ६ सय ८४ निको भएका छन् ।
त्यस्तै भक्तपुरमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि हजार नाघेको छ । भक्तपुरमा कोरोना संक्रमितको संख्या एक हजार ३२ पुगेको छ । भक्तपुरमा कोरोनाले अहिलेसम्म १३ जनाको मृत्यु भएको छ भने कोरोना पुष्टि भएकामध्ये ५ सय १८ जना निको भएका छन् । त्यस्तै देशभर पछिल्लो २४ घण्टामा सोमबार मुलुकभर ११ सय ७० जना संक्रमित थपिएका छन् । यस्तै ८ सय ७९ संक्रमित निको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबारसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया