नुवाकोटमा पिसिआर खरिदमा अनियमितताः एक नम्बरको कम्पनी छाडेर चार नम्बरलाई ठेक्का

विदुर खबर २०७७ भदौ २८ गते २०:३७

नुवाकोट । अनेक काण्डका कारण चर्चामा रहेको विदुर नगरपालिका फेरि एक पटक चर्चाको केन्द्रमा तानिएको छ ।

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटका सचिव समेत रहेका नुवाकोट क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले सांसद पूर्वाधार विकास कोषको रकमबाट विदुर नगरपालिकालाई शोधभर्ना गर्ने गरी खरिद गर्न लागिएको पिसिआर मेसिनको जिम्मा कम मूल्य प्रस्ताव गर्नेलाई नदिएर बढी मूल्य प्रस्ताव गर्नेलाई दिइएको छ ।

विदुर नगरपालिकाले शनिबार एक राष्ट्रिय दैनिक पत्रिकामा ठेक्का स्वीकृत भएको आशयको सूचना प्रकाशित गरेपछि पिसिआर मेसिन खरिदमा कमिसनको खेल भएको विषय पनि सँगै बाहिरिएको छ । नगरपालिकाले अनलाइन टेण्डरमा सहभागी भएका चार कम्पनी मध्ये सबैभन्दा बढी रकम कबोल गर्ने दोस्रो कम्पनीलाई मेसिन खरिदको जिम्मा दिने निर्णय गरेको छ ।

Advertisement

नगरपालिकाले भ्याटसहित ६१ लाख रूपैयाँ प्रस्ताव गरेको कम्पनी सि कन्सेप्टलाई पन्छाएर चौँथो नम्बरको भ्याटसहित ७६ लाख ३ हजार रूपैयाँ प्रस्ताव गर्ने मेनका इन्टरप्राइजेजलाई खरिदको जिम्मा दिने गरी टेण्डर स्वीकृत गरेको छ । सुन्दै अचम्म लाग्ने गरी नगरपालिकाले मोटो कमिसनका लागि इ टेण्डरमा समेत गतल काम गरेको भन्दै नगरपालिका भित्रकै कर्मचारीले असन्तुष्टि जनाएका छन ।

Advertisement

नगरपालिकाको निर्णय बाहिरिएसँगै टेण्डर प्रक्रियामा सहभागी भएर सबैभन्दा कम मूल्य प्रस्ताव गरेको कम्पनी सी कन्सेप्टका स्थानीय प्रतिनिधि बसन्तराज केसीले सामाजिक सञ्जाल मार्फत सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनीलाई पन्छाएर चार नम्बरको कम्पनीलाई खरिदको जिम्मा दिएको भन्दै आफूले कानुनी उपचार खोज्ने चेतावनी दिएका छन ।

 

उनले सुझाव समेत माग्दै भनेका छन ‘विदुर नगरपालिकाको कार्यालय नुवाकोटले मिति २०७७/४/३२ गते ठेक्का न Gov.BM /Goods/PCR/02/077-78 मा ७८ लाखमा पिसिआर मेसिन तथा उपकरण खरिदको लागि बोलपत्र आव्हान गरेकोमा समय सीमाभित्र दर्ता भएका बोलपत्रहरु खोल्दा सबैभन्दा कम जम्मा ६१ लाखमा म प्रतिनिधि रहेको ई-कन्सेप्ट न्युरोड काठमाडौलाई उक्त ठेक्का परेकोमा विभिन्न बहानाबाजी गरि बोलपत्र खोलिसकेपछी आफुले तथाकथित बिज्ञ राखी नियम बिपरित मेनका ईन्टर्प्राईजेज प्रा लि थापाथली काठमाडौले बोलकबोल गरेको रु ७६ लाख तीन हजार (मुअक बाहेक)को बोलपत्र स्वीकृत गरेको हुँदा यो नियम बिपरित बिदुर नगरपालिका कार्यालयले गरेको निर्णय मैले बुझ्न सकिन । कृपया बुज्ने साथिहरुबाट सल्लाह पाउ।’

नगरपालिका स्रोतका अनुसार मेयर सञ्जु पण्डितका विश्वास पात्र समेत रहेका जनसम्पर्क अधिकृत रामहरि अधिकारीले टेण्डरको सूचना प्रकाशन अगावै डिल गरेको कम्पनी मेनका इन्टरप्राइजेजलाई खरिदको जिम्मा दिइएको हो । नगरपालिकाका एक कर्मचारीका अनुसार मेनक इन्टरप्राइजेजका प्रतिनिधिसँगको सल्लाहपछि अघिकारीले टेण्डरको सूचना प्रकाशित गर्नुअघिनै मेयर पण्डित र पछि शोधभर्ना दिने गरी पैसा दिन तयार रहेका सांसद खतिवडासँग मेसिन र कम्पनीको बारेमा ब्रिफिङ दिएका थिए ।

नगरपालिकाले गत साउन ३२ गते एक साताको समय दिएर पिसिआर मेसिन खरिदका लागि टेण्डर आह्वान गरेको थियो । सोही अनुसार पाँच वटा कम्पनीले टेण्डरमा सहभागिता जनाएका थिए । सूचना अनुसार भाद्र ८ गते इटेण्डर खोल्नुपर्न भए पनि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेइसाइटमा आएको समस्याका कारण केही दिन थपिएको थियो ।

बसन्तराज केसीका अनुसार नगरपालिकाले भाद्र १५ गते टेण्डर खोलेको थियो । उक्त टेण्डर स्वीकृत भएको आशयपत्रको सूचना भने भाद्र २७ गतेमात्र प्रकाशित गरेको छ । यही बीचमा कमिसनको फाइनल डिल र मेनकाका लागि मिल्नेगरी मूल्यांकनको काम भएको केसीले बताएका छन ।

१२ दिनसम्म मूल्याकंनको नाममा विदुर नगरपालिकाले मेनकालाइ नै टेण्डर दिनका लागि स्पेसिफिकेसनको मोडल बनाएको पाइएको छ । नगरपालिकाका कर्मचारीले नै मेनकालाई टेण्डर दिनकै लागि मूल्याकंनका नाममा १० दिनभन्दा बढी गुजारेको बताए ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेलले यसअघि आशय पत्रको सूचना सार्वजनिक गर्नु अघि  कुरा गर्दै स्पेशिफिकेसन मिलाउने र मूल्यांकन गर्ने काममा समय लागेको जानकारी दिएका थिए । उनलाई इ टेण्डर पनि खोलेर यत्रो समयसम्म सार्वजनिक जानकारी नदिइ राख्न मिल्छ भनेर प्रश्न गर्दा अनुभव नभएकाले कुराकानी गरेर बुझ्दै मिलाउँदै गर्दा समय लागेको बताएका थिए । टेण्डरमा मेनकासँगै सि कन्सेप्ट, मेजी सोलुसोसन लगायतका कम्पनीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया