धादिङमा १३ वर्षीया बालिका बलात्कृत, आरोपीत २२ वर्षीय युवक पक्राउ
विदुर खबर
२०७७ भदौ २७ गते १४:२६

धादिङ। १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई शुक्रबार पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए ।
बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ । बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया