दैलेखको भैरवी गाउँपालिकामा गोरु काट्ने दुई पक्राउ
दैलेख । दैलेखको भैरवी गाउँपालिकामा बारीमा बाँधिएका गोरु मरणासन्न छन् । दुई गोरुमध्ये एउटा गोरुको अगाडीको दुइ वटै खुट्टा काटिएको छ । पुच्छर छैन । अर्को गोरुको नाकमाथि छेदबिच्छेद हुने गरी काटिएको छ । दुई वटै गोरुका गर्धनमा पटक–पटक हतियार प्रयोग गरिएको छ ।
भैरवी–२ रावतकोटस्थित सोबिन थापाले बारी मल्न घरदेखि टाढा गोरु बाँध्नुभएको थियो । उहाँको घरदेखि बारीमा पुग्न करिव पाँच मिनेट समय लाग्छ । पीडित थापाका अनुसार बिहान घाँस हाल्न जाँदा रक्ताम्मे अवस्थामा गोरु भेटिए । “गोरुको गएराती नै खुट्टा र मुख काटिएको हुनुपर्छ, बिहान मात्रै यसबारे थाहा पाए”, थापाले भन्नुभयो । बिहान गाउँपालिका र प्रहरीलाई खबर गरेपछि दुई जनालाई प्रहरी चौकी सिलङ्गी लगिएको छ । रातिको समयमा गोरु कराएको गाउँलेले सुनेका उहाँले जानकारी दिनुभयो ।
सोही वडाका वडाअध्यक्ष हरिबहादुर थापाका अनुसार बाघले आक्रमण गरेको हुनसक्ने भन्दै उनीहरु त्रासले बाहिर आउन सकेनन् । गोरु काटेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भैरवी–२ का शंकास्पदरुपमा स्थानीयवासी दुई जनालाई पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नैनबहादुर सावदले जानकारी दिनुभयो ।
“शंकास्पद भनिएका दुई जनालाई नियन्त्रणमा लिई छानबिन गर्दैछौँ”, उहाँले भन्नुभयो, “यसबारेमा अहिले नै केही भन्न सकिदैन्, बाँकी अनुसन्धानका क्रममा खुल्छ, हामीले अनुसन्धान गरिरहेका छौँ ।”दुई वर्षअघि नै सामान्य विवाद भएको बताएका थापाले बिहीबार दिउँसो पनि गोरुका विषयमा विवाद भएको बताउनुभयो । सामान्य विवादका कारण शंकास्पद पक्राउ परेका राजु विष्टले नै गोरु काटेको थापाको आरोप छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे विदुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना
कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग





प्रतिक्रिया