कोरोना संक्रमणको हटस्पट बन्यो काठमाण्डौ
नुवाकोट । काठमाण्डौ उपत्यका पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ ।
दैनिकजसो यहाँ थपिने कोरोना संक्रमितको संख्यामा नयाँ नयाँ रेकर्डहरु बन्न थालेको छ । पछिल्लो २४ घण्टामा पनि हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिएर नयाँ रेकर्ड बन्यो । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरै करिब ७०० संक्रमित थपिएका छन् ।
काठमाण्डौ जिल्लामा मात्रै ६२० संक्रमित थपिएका छन् । भक्तपुरमा ३८ र ललितपुरमा पनि ३८ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । काठमाण्डौपछि रुपन्देहीमा १०२, कैलालीमा ६७, मोरंगमा ४७, सुनसरीमा ४४, चितवनमा ७४, मकवानपुरमा ५४ र सिरहामा ४२ संक्रमित भेटिएका छन् ।
हाल देशभर १७० संक्रमित आइसियूमा र २५ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । पछिल्लो समय ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या घटेर ५ वटामा सीमित बन्न पुगेको छ । त्यस्ता जिल्ला काठमाण्डौ, चितवन, सुनसरी, सर्लाही र रुपन्देही रहेका छन् ।
देशका ७ जिल्लामा एकजना पनि सक्रिय संक्रमित छैनन् । ती जिल्लाहरु सोलुखुम्बु, मनांग, मुस्तांग, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् । यसैबीच, पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरुमा ४ पुरुष र १ महिला रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया