कोरोना संक्रमणको हटस्पट बन्यो काठमाण्डौ
नुवाकोट । काठमाण्डौ उपत्यका पछिल्लो समय कोरोना संक्रमणको हटस्पट बन्न थालेको छ ।
दैनिकजसो यहाँ थपिने कोरोना संक्रमितको संख्यामा नयाँ नयाँ रेकर्डहरु बन्न थालेको छ । पछिल्लो २४ घण्टामा पनि हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिएर नयाँ रेकर्ड बन्यो । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा काठमाण्डौ उपत्यकाका तीन जिल्लामा अहिलेसम्मकै सबैभन्दा धेरै करिब ७०० संक्रमित थपिएका छन् ।
काठमाण्डौ जिल्लामा मात्रै ६२० संक्रमित थपिएका छन् । भक्तपुरमा ३८ र ललितपुरमा पनि ३८ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । काठमाण्डौपछि रुपन्देहीमा १०२, कैलालीमा ६७, मोरंगमा ४७, सुनसरीमा ४४, चितवनमा ७४, मकवानपुरमा ५४ र सिरहामा ४२ संक्रमित भेटिएका छन् ।
हाल देशभर १७० संक्रमित आइसियूमा र २५ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । पछिल्लो समय ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या घटेर ५ वटामा सीमित बन्न पुगेको छ । त्यस्ता जिल्ला काठमाण्डौ, चितवन, सुनसरी, सर्लाही र रुपन्देही रहेका छन् ।
देशका ७ जिल्लामा एकजना पनि सक्रिय संक्रमित छैनन् । ती जिल्लाहरु सोलुखुम्बु, मनांग, मुस्तांग, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् । यसैबीच, पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरुमा ४ पुरुष र १ महिला रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया