Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिए

प्रकाशित मिती: २६ भाद्र २०७७, शुक्रबार १३:५६

एजेन्सी । भारतमा कोरानाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै पुगेको छ।

Trishuli Web Design in Nepal Nuwakot
Acharya Engineering Consultancy & Business Training Centre Nuwakot
Pioneer Education Consultancy And Visa Service Pvt. Ltd.

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। सोही अवधिमा भारतमा कोरोनाकै कारण एक हजार २०९ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्। भारतमा अहिलेसम्म कुल ४५ लाखभन्दा बढी सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४५ लाख ६२ हजार ४१५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ।  कुल सङ्क्रमित मध्ये नौ लाख ४३ हजार ४८० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३५ लाख ४२ हजार ६६४ जना सङ्क्रमणमुक्त भइसकेका छन्।

भारतमा अहिलेसम्म कोरोनाभाइरसकै कारण मृत्यु भएकाहरुको संख्या ७६ हजार २७१ पुगेको अधिकारीहरुले शुक्रबार जनाएका छन्।भारतका प्रदेशहरु मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ। महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि दुई लाख ५३ हजार एक सय मानिस कोरोनाभाइरसबाट प्रभावित भएका सक्रिय सङ्क्रमित रहेका छन्।

महाराष्ट्रमा मात्रै अहिलेसम्म कुल छ लाख ८६ हजार ४६२ जना सङ्क्रमित भएका छन् भने अरु २७ हजार ७८७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ। त्यसैगरी दोस्रो धेरै प्रभावित भएको आन्द्र प्रदेशमा ९७ हजार २७१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन्। यस प्रदेशमा अहिलेसम्म कुल चार लाख २५ हजार ६०७ जना सङ्क्रमित भएका छन् भने चार हजार ६३४ जनाको मृत्यु भएको छ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

जर्मनीमा एकैदिनमा २३ हजार सङ्क्रमित
फ्रान्समा एकै दिनमा ६० हजारभन्दा बढी व्यक्तिमा कोरोना पुष्टि
अमेरिकी राष्ट्रपतिमा वाइडेनको जीत सुनिश्चित
टर्की र ग्रीसको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प, २२ जनाको मृत्यु
बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सतहत्तर हजार भन्दा बढी
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो
बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ : प्रधानमन्त्री इमरान
कोभिड १९ बाट विश्वमा नौ लाख ३२ हजार भन्दा बढीको मृत्यु
kerung

ताजा अपडेट

इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे

नुवाकोट । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल...

नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु

नुवाकोट । नुवाकोटमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । जिल्ल अस्पताल त्रिशुलीमा भएको...

  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
  • कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ,नतिजा आउन अझै दुई साता लाग्ने
  • इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ बाँडफाँट शुक्रबार १० बजे
  • नुवाकोटमा कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु
  • नुवाकोटमा कोरोना संक्रमितको संख्या ११ सय २७ पुग्यो
  • नुवाकोटको बुद्धभूमी हाइड्रोपावर आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा
  • पीएम कप क्रिकेट : फाइनल पुग्न एपीएफ र पुलिस भिड्दै,एपीएफ ब्याटिङमा
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : [email protected]