बिकास निर्माण अभियानमा कन्चना देउराली युबा क्लब अग्रसर

विदुर खबर २०७७ भदौ २६ गते १२:५१

नुवाकोट । बेल्कोटगढी नगरपाकिका वडा नम्बर ६ मा अबस्थित श्री कन्चना देउराली युबा क्लब यति बेला निरन्तर रुपमा समाजिक बिकास निर्माण अभियानमा लागि रहेको छ।

Advertisement

कसैबाट आर्थिक रुपमा सहयोग नपाय पनि अहिले भौतिक श्रम दान गर्दै बिकास निर्माणमा खटिरहेका छन् । क्लब को अध्यक्ष पुष्कर लामाको भनाइ अनुशार यो क्लब देउराली बजार नजिक आस पास रहेको सबै युबा हरु लाई समेटेर निर्माण गरेको हाम्रो क्लब सितोरिय कराते देखि फुटबल लगायत समाजमा हुने सबै समाजिक घट्ना हरुलाई रुपान्तरण गरि सबै खाल को बिकिर्ती लाई समाज बाट हटाउने र सामाजिक बिकास निर्माण अभियानमा निरन्तर लागि रहेको अध्यक्ष को भनाइ छ।

यसै क्रममा अहिले यसै क्लब को युबाहरुको सकृयताले देउराली बजारको प्रवेशद्रार गेटको दोस्रो चरणको काम पूरा गरेको छन् । क्लबका सहसचिब प्रशन्न थिङ भन्नु हुन्छ “हामी लाई कसै बाट आर्थिक रुप मा सहयोग नपाए पनि हामी काम जसरी पनि पूरा गर्नेछौ तर सबै सहयोगी साथीहरु लागि परि रहनु पर्यो’’ ।यसै गरि केहि रुपमा भए पनि गेट निर्माणमा अबश्यक सामग्री उपलबध गराउनु हुने सबै सहयोगी मन हरु लाई यसरी नै अझै सहयोगको अपेक्षा राख्दै क्लब को कोस अध्यक्ष प्रदिप नेपाल ले सबै लाई धन्यबाद पन ब्यक्त गर्नु भयो।

Advertisement

यसै गरि यो भन्दा अगाडि पनि यसै क्लब बाट घ्याम्पे दुप्चेस्वरी महादेब जाने बाटो को खुट्किला लगायत बिस्व महामारी कोरना भाइरस रोक्थाम को लागि गाउँ गाउँमा गएर  माक्स, सेन्टिटाइजर बितरण गरेको थियो । साथै दुइपिपल स्वास्थ चौकीमा एक थान थर्मलगन पनि हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया