सुन तथा चाँदीको भाउ फेरि घट्यो

विदुर खबर २०७७ भदौ २६ गते १२:४१

नुवाकोट । शुक्रबार सुन तथा चाँदीको भाउ फेरि घटेको छ। बिहीबार र शुक्रबार बढको सुनको भाउ शुक्रबार तोलामा ३०० रुपैयाँले घटेको हो।

Advertisement

नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार छापावाला सुन प्रतितोला ९६ हजार ५०० र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ छ। यसैगरी चाँदीको भाउ पनि शुक्रबार तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। यस अघि बुधबार चाँदी यसै मूल्यमा कारोबार भएको थियो। बुधबार र बिहीबार भने सुनको मूल्य उकालो लागेको थियो।

अन्तरराष्ट्रिय बजारमा पनि शुक्रबार सुन चाँदीको भाउ घटेको छ। विगत केहि समयदेखि सुन चाँदीको भाउमा उतारचढाव देखिएको हो । कोरोना भ्याक्सिनको सफलताको चर्चा चुलिएसँगै विश्वका विभिन्न देशहरुमा लकडाउन पनि खुलेका कारण पनि सुनको भाउ घटेको बताइएको छ । अन्तररराष्ट्रिय बजारमा आज सुनको भाउ प्रति अउन्स तीन डलर भन्दा बढि घटेर एक हजार ९४१ डलरमा खरिदबिक्री भएको छ  ।

Advertisement

प्रतिक्रिया