देशभर कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो
 
	नुवाकोट । देशभर कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो ।
 बिहीबार मात्र एक हजार २ सय ४६ नयाँ संक्रमित थपिएका छन् । बढी जनघनत्व रहेको काठमाडौं उपत्यकामा मात्रै संक्रमित १० हजार नाघेका छन् । संक्रमितमध्ये करिब ३५ प्रतिशत लक्षणसहितका छन् । पछिल्लो समय करिब १५ प्रतिशतमा संक्रमणसँगै अन्य दीर्घ रोगसमेत पाइएको छ । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार बिहीबार साँझसम्म काठमाडौं उपत्यकामा एक दिनमा हालसम्मकै सबैभन्दा बढी ६ सय ३० जनामा संक्रमण देखिएको छ ।

उपत्यकामा तीन सातायता निषेधाज्ञा जारी रहँदासमेत संक्रमितको संख्यामा कमी देखिएन । कोइरालाका अनुसार बुधबार उपत्यकामा ५ सय ३ जनामा संक्रमण देखिएको थियो । तीमध्ये करिब ३० जनाको मात्र ट्राभल हिस्ट्री छ । ‘निषेधाज्ञाले उपत्यकामा संक्रमितको संख्या खासै घटेको छैन,’ कोइरालाले भने, ‘निषेधाज्ञाको तेस्रो साता यसले पारेको असरको मूल्यांकन गरेर मात्र भावी रणनीति बनाउनुपर्थ्यो, निषेधाज्ञा खुकुलो बनाउन हतार गरियो ।’ स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा संक्रमितको संख्या १० हजार १४ पुगिसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

 चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत

प्रतिक्रिया