सुनको भाउ ओरालो लाग्ने क्रम जारी
नुवाकोट । सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ। भदौ २३ गते, मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ तोकेको छ। सोमबार भने सुनचाँदीको भाउ स्थिर रहेको थियो। यसैगरी, चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। यस अघि आइतबार चाँदीको भाउ प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री गरिएको थियो।
अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउमा निरन्तर गिरावट आएको छ। मंगलबार प्रति अउन्स एक हजार ९२६ डलरमा सुन खरिदबिक्री भइरहेको छ। पछिल्लो एक महिनायता अन्तरराष्ट्रिय बजारमा सुनको भाउ करिब १०० डलरले घटेको देखिन्छ। यस्तै, चाँदीको भाउ मंगलबार प्रति अउन्स २६ डलर बराबारमा कारोबार भइरहेको छ। एक महिनामा चाँदी प्रति अउन्स दुई डलरभन्दा बढि घटिसकेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया