सुनको भाउ ओरालो लाग्ने क्रम जारी

विदुर खबर २०७७ भदौ २३ गते १३:०९

नुवाकोट । सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ। भदौ २३ गते, मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ।

Advertisement

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ तोकेको छ। सोमबार भने सुनचाँदीको भाउ स्थिर रहेको थियो। यसैगरी, चाँदीको भाउ पनि मंगलबार तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। यस अघि आइतबार चाँदीको भाउ प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री गरिएको थियो।

अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउमा निरन्तर गिरावट आएको छ। मंगलबार प्रति अउन्स एक हजार ९२६ डलरमा सुन खरिदबिक्री भइरहेको छ। पछिल्लो  एक महिनायता अन्तरराष्ट्रिय बजारमा सुनको भाउ करिब १०० डलरले घटेको देखिन्छ। यस्तै, चाँदीको भाउ मंगलबार प्रति अउन्स २६ डलर बराबारमा कारोबार भइरहेको छ। एक महिनामा चाँदी प्रति अउन्स दुई डलरभन्दा बढि घटिसकेको छ।

Advertisement

प्रतिक्रिया