जग्गाको कित्ताकाटमा लागेको प्रतिबन्ध हट्यो

विदुर खबर २०७७ भदौ २२ गते १५:४२
????????????????????????????????????

नुवाकोट । सरकारले जग्गाको कित्ताकाटमा लगाएको प्रतिबन्ध हटाएको छ ।

Advertisement

भूमि व्यवस्था तथा गरिबी निवारमन्त्री पद्मा अर्यालले मन्त्रीस्तरिय निर्णय गर्दै शुक्रबारदेखि जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएकी हुन् । मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभागलाई पत्राचार गर्दै जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाउने निर्णय खुलाउने निर्णय गरेको हो ।

Advertisement

३ वर्ष अगाडि भूमि सुधार मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाएको थियो ।
पछि स्थानीय निकायको अनुमतिमा जग्गाको कित्ताकाट खुलेपनि यो व्यवस्था झन्झटिलो रहेको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाटमा लागेको प्रतिबन्ध हटाउन सहितको सुझाव मन्त्रालयलाई दिएको थियो ।

अख्तियारको सुझावपछि मन्त्रालयले जग्गा कित्ताकाट खुलाउने तयारी गरेको थियो । जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाएपनि घुमाउरो बाटोबाट जग्गाको कित्ताकाट रोकिएको थिएन ।

Advertisement

 

प्रतिक्रिया