नुवाकोट कांग्रेस संकटमा, आशा लाग्दा युवाहरू नेकपा प्रवेश

विदुर खबर २०७७ भदौ २१ गते १०:०५

नुवाकोट । नेपाली कांग्रेसका नेताहरूले परिवारको भन्दा बाहेक व्यक्तिलाइ अवसरबाट टाढै राखेपछि पार्टीका कार्यकर्ताहरूले नेकपाको बाटो रोजेका छन ।

                                                         नेकपा प्रवेश गरेका युवाहरु सामुहिक फोटो खिचाउँदै ।

Advertisement

केही साताको बीचमा सयौँ युवाहरूले नेपाली कांग्रेस परित्याग गरेका छन । उनीहरूको कोरोना कहरकै बीच कांग्रेसे देशका लागि केही गर्न नसक्ने भन्दै नेकपाको सदस्य लिने र टीका लगाने अभियानमा जुटेका छन । शनिबार मात्र ६० जना कांग्रेस समर्थक युवाहरू एकै थलोमा जम्मा भएर नेकपा प्रवेश गरेका छन । विदुर नगरपालिकाको विभिन्न वडामा जिम्मेवारी रहेका कांग्रेसका आशा लाग्दा युवाहरू नेकपा प्रवेश गरेको नुवाकोटका पार्टी प्रचार विभाग प्रमुख एवं सांसद बद्री मैनालीले जानकारी दिए ।

नेकपाको जिल्ला नेतृत्वले खादा र टीका लगाएर कांग्रेस परित्याग गरेरका युवालाइ पार्टीमा स्वागत गरे । नेकपाको पार्टी कार्यालयको हल नै नयाँ सदस्याता ग्रहण गर्ने युवाहरूले भरिएको थियो । युवाहरूलाइ पार्टीमा स्वगत गर्दै नेकपाका नुवाकोट अध्यक्ष एवं सांसद हिरानाथ खतिवडाले युवा शक्ति परिवर्तनको संवाहक रहेकाले नेकपा नुवाकोट झन् शक्तिशाली बनेको बताए । पार्टी सचिव एवं सांसद नारायण प्रसाद खतिवडाले अब पाटीको बिकाश र बिस्तार गर्ने जिम्मा युवाहरुको काँधमा आएको बताए । केही दिनअघि तारकेश्वर गाउँपालिकामा कांग्रेस परित्याग गरी ठूलो संख्यामा युवाहरू नेकपा प्रवेश गरेका थिए ।

Advertisement

 

प्रतिक्रिया