बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोनामुक्त
विदुर खबर
२०७७ भदौ १६ गते ८:५९

नुवाकोट । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोनामुक्त भएकी छिन् ।
तामाङ र उनका ९ वर्षीय छोराको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुलाई साउन ३२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
सपसभामुख तामाङले भनिन्, ‘सुरुमा लगातार फोन आउँदा कोरोनाले भन्दा पनि सामाजिक रोगले सताउने जस्तो लागेको थियो । अहिले अवस्था सामान्यीकरण हुँदैछ । मुख्य कुरा यो समयमा आत्तिन नहुने रहेछ ।’
सम्बन्धित
प्रतिक्रिया