राजधानीमा दुई कोरोना संक्रमित महिलाको निधन
विदुर खबर
२०७७ भदौ १३ गते १३:३०

काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौंकी र भक्तपुरकी दुई महिला रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिएका छन ।
दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौंकी महिलाको शुक्रबार राति र भक्तपुरकी महिलाको शनिबार बिहान मृत्यु भएको हो।
काठमाडौंकी महिला साउन ३० गते अस्पताल भर्ना भएकी थिइन्।
सम्बन्धित
प्रतिक्रिया