विदुर नगरपालिकाका थप एकजनामा कोरोना पुष्टि
विदुर खबर
२०७७ भदौ ५ गते १६:५६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाका थप एक जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिका घर भई हाल काठमाण्डौ बस्दै ३८ वर्षिय महिलामा कोरोना पुष्टि भएको हो । उनको काठमाण्डौको टेकुमा गरिएको पिसिआर परिक्षण्मा पोजेटिभ देखिएको हो । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७४ पुगेको छ ।
त्यस्तै नुवाकोटमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ६२ पुगेको छ भने विभिन्न अस्पतालमा ११ जना कोराना संक्रमितहरुको उपचार भइरहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया