नुवाकोटमा कोरोना संक्रमितको संख्या ७२ पुग्यो,विदुरमा दुई थपिए
विदुर खबर
२०७७ भदौ ३ गते २१:१४

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा नुवाकोटका २ जनामा कोरोना संक्रमित भेटिएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
जसमा ३५ र ४२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेश प्रयोगशाला हेटौडामा गरिएको पिसिआर परिक्षणबाट उनीहरुमा कोरोनाको संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ५३ पुगेको छ ।
त्यस्तै विभिन्न स्वास्थ्य संस्थामा १६ जना उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया