नदीमा अवैध उत्खन्न् रोकिएन

विदुर खबर २०७७ भदौ २ गते १८:५०
????????????????????????????????????

डडेल्धुरा । अत्यान्तै सम्वेदनसिल चुरेपर्वत श्रृंखलाको काखमा रहेको डडेल्धुराको भित्रिमधेश क्षेत्रका नदी र खोलाहरुबाट बर्षातका बेलासमेत अवैध रुपमा ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन् कार्य रोकिएको छैन ।

Advertisement

परशुराम नगरपालिकाले नदिजन्य वस्तु उत्खन्नमा रोक लगाएको दाबीगर्दै आएपनि रंगुन नदी, पुन्तरा नदी र अन्य खोलाहरुबाट नदी जन्य वस्तु उत्खन्न भने रोकिएको छैन । बर्षातकै समयमा स्थानीय बासिन्दाहरुका साथै बिभिन्न निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरुले दिनहु अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा निकासी गरिरहेका छन ।

Advertisement

भित्रिमधेस क्षेत्रको विच भाग भएर बग्ने रंगुन नदीमा डोजरको प्रयोगगरी अवैध रुपमा ढंगुा, गिट्टी बालुवा उत्खन्न गरिदै आएको स्थानीय बताउछन । खोलाको किनार र बिच भागबाटै नदी जन्य वस्तुको दोहन भईरहेको नेपाल विद्यार्थी संघ परशुराबम नगर कार्यसमितिका अध्यक्ष बिरेन्द्र थापाले बताए । उनले पटक पटक अवैध उत्खनन् रोक्न माग गरिए पनि अटेरीगर्दै उत्खनन् भईरहेको जानकारी दिए ।

रंगुन नदीमा हालै मोटरेवल पक्की पुल निर्माणको काम सकिएको छ । तर पुल छेउछाउ बाटै नदी जन्य वस्तु उत्खन्न भईरहेको छ । यसले बाढी र निर्माण गरिएका संरचनामा जोखिम पु¥याउने स्थानीय अगुवा दानबहादुर बिष्टले बताए । बर्खाको समयमा नदीजन्य वस्तु उत्खन्नमा सरकारले देशभर रोक लगाउने गरेको छ । तर परशुराम नगपालिकाको मुकाम लालढुङ्गा बजार नजिकै वडा नं. १२ को रंगुन नदीमा दिनहु उत्खनन् कार्य भईरहेको नेपाली काँग्रेस वडा नं. १२ वडा कार्यसमितिका सभापति राजबहादुर भण्डारीले बताए ।

Advertisement

अवैध रुपमा नदीजन्य वस्तुको उत्खनन् कार्य जारी रहेपनि स्थानीय सरकार मौन रहेको उनको आरोप छ । निर्माण कार्य सम्पन्न भईसकेको पुलको छेउमै क्रसर उद्योग पनि सञ्चालनमा रहेकाले तत्काल क्रसर बन्द गरिनुपर्ने स्थानीय बताउछन । पाँचबर्षदेखि निर्माण कार्य शुरु गरिएको जाुगबुडा–कटाल पक्की पुल निर्माणको ठेक्का पाएको परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साँउदको स्वामित्वमा रहेको राजेन्द्र निर्माण सेवाले क्रसर राखेर गिट्टी, बालुवा संकलन गरिरहेको स्थानीय बताउछन ।

गत असार महिनामै परशुराम नगरपालिकाले नगर क्षेत्रमा रहेका नदीजन्य वस्तु उत्खन्न गर्नमा रोक लगाउनले निर्णय गरेको हो । तर, हालसम्म पनि नदी बाट उत्खन्न कार्य रोकिएको छैन । रंगुन नदीको बाढीले बर्षातमा कयौ स्थानीयको ज्यान पनि लिएको छ । कतिपय खेती पाति योग्य जमिन खेत समेत बगाएकाले बर्षातका बेला उत्खन्न रोकिनु पर्ने स्थानीयको माग छ । परशुराम नगरपालिकाले भने अटेरी गरेर नदीजन्य वस्तु उत्खनन् गर्नेलाई कारवाही गरिने जनाएको छ ।

प्रतिक्रिया