१३ वर्षिया बालिकाको बलात्कारपछि हत्या
एजेन्सी। भारतमा एकजना १३ वर्षिया बालिकाको वलात्कारपछि हत्या भएको छ ।
प्रहरीले पिडितको शव शनिवार उत्तर प्रदेश राज्यको उखुबारीमा फेला परेको जनाएको छ । यस घटनाको सिलसिलामा ति बालिकाकै गाउँका दुईजना संदिग्ध व्यक्तिलाई गिरफतार गरिएको छ । तर पिडित बालिकाका पिताले भने जस्तै उनका आँखाहरु निकालिएको तथा जिब्रो काटिएको भन्ने तथ्य सतय नभएको बताएका छन् । सन् २०१२ मा राजधानी नयाा दिल्लीमा गुड्दै गरेको एउटा सार्वजनिक बसमा एक छात्राको सामुहकि वलात्कारपछि हत्या भए यता वलात्कार तथा महिला माथि हुने हिंसालाई भारत सरकारले निकै गम्भीर ढंगले हेर्दै आएको छ ।
सो घटनाको विरुद्ध देशव्यापि रुपमा भएको निरन्तर विरोध प्रदर्शनको कारण सरकारले वलात्कारी विरुद्ध मृत्युदण्डकै व्यवस्था गरेपनि यो अपराध भने अझै रोकिएको छैन । अपराध समबन्धी पछिल्लो सरकारी तथ्याँक अनुससार भारतमा हुने वलात्कारको घटनामा २५ प्रतिशत बालबालिका शिकार हुने गरेको पाइन्छ । साथै अधिकांश घटनामा चिनेजानेकै व्यक्तिहरुबाटै वलात्कार हुने गरेको पाइएको छ ।
यो पछिल्लो घटना गत शुक्रवार राति लखमपुर खेरी जिल्लाको पाकारिया गाउँमा भएको प्रहरीले बताएका छन् । ति बालिकालाई खेतमा शौच गर्न गएकोबेला वलात्कार गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया