केहीबेरमा एसईईको परीक्षाफल प्रकाशित हुँदै

विदुर खबर २०७७ भदौ १ गते १७:१६

नुवाकोट ।  राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित गर्ने तयारी गरेको छ ।

Advertisement

बोर्डको अहिले बैठक जारी छ । बिहान ९ बजेदेखि दिउसोभर रुजु र डमी कपि हेरेका बोर्डका सदस्यले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डमा जारी बैठकले केहीबेरमा परीक्षाफल प्रकाशित गर्नेछ । बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले केहीबेरमा परीक्षाफल प्रकाशित हुने जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रण कार्यालय( एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो । परीक्षााफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइनेछैन । सरकारको निर्नेशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।

Advertisement

त्यस्तै त्रुटी सच्याउन व्द्यिार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाइएको । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पु¥याउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया