नुवाकोटका ६३ प्रतिशत कोराना संक्रमित निको भएर घर फर्किए

नुवाकोट । नुवाकोटका ६३ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका कुल ६९ कोरोना संक्रमितमध्ये ४४ जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै जिल्लामा बाँकी रहेका २५ जना संक्रमितहरु विभिन्न स्वास्थ्य संस्थामा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
२५ जना संक्रमितमध्ये १५ जनाको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने खरानीटार अस्पताल र काठमाण्डौमा समान ५ \५ जनाको उपचार भइरहेका कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको बताएको भने १७ हजार ३ सय ३५ जना निको भएर घर फर्किसकेको बताएको छ । मन्त्रालयको अनुसार हालसम्म कोरोना संक्रमण भएर देशभर एकसय ४ जनाको ज्यान गइसकेको छ ।
तर नुवाकोटमा भने अहिलेसम्म कोरोना भाइरसको कारण कुनैपनि व्यक्तिले ज्यान गुमाउनु परेको छैन ।
प्रतिक्रिया