किस्पाडका ३८ वर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि
विदुर खबर
२०७७ साउन ३२ गते १९:१९

विदुर । नुवाकोटको किस्पाड गाउँपालिकाका ३८ वर्षिय एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार काठमाण्डौको टेकुमा गरिएको पिसिआर परिक्षणामा उनमा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार कोरोना संक्रमित सो व्यक्ति काठमाण्डौमा उपचाररत रहेका छन् ।
यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ भने ४४ जना निको भएर घर फर्किएका छन । त्यस्तै नुवाकोटका २५ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया