आज भारी वर्षाको संभावना,सतर्कता अपनाउन आग्रह
विदुर खबर
२०७७ साउन ३१ गते ८:५१
विदुर । मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिमी भागमा रहेकाले मध्य र पूर्वको तुलनाका पश्चिमका केही ठाउँमा भारी वर्ष हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज देशभर समान्य बदली रही बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । यस्तै, आज बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागका मौसमविद्ले जनाएका छन् । भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया