नेपालमा कोरोना संक्रमितको संख्या झन्डै २४ हजार पुग्यो

विदुर खबर २०७७ साउन २७ गते १७:०९

विदुर । नेपालमा कोरोना संक्रमितको संख्या झन्डै २४ हजार पुगेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमले पत्रकार सम्मेलनमा नेपालमा हालसम्म २३ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

त्यस्तै नेपालमा कोरोना निको भएर घर फर्कनेहरुको संख्या १६ हजार ६ सय ६४ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको प्रवत्ता गौतमले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया