आशा लघुवित्तको नाफा ३.७४ प्रतिशतले घट्यो

विदुर खबर २०७७ साउन २५ गते १४:४०

नुवाकोट। नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६÷७७ मा चौथो त्रैमासमा ३ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Advertisement

चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.७४ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष संस्थाको खु नाफा ३ करोड ९५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले ७ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यो मुनाफा ३ करोड २४ लाख रुपैयाँमा सीमित थियो। संस्थाले चौथो त्रैमासमा खुद ब्याज आम्दानीबापत १६ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ११ करोड ५८ लाख रुपैयाँ रहेको थियो।  संस्थाले १ अर्ब ४४ करोड रुपैयाँ सापटी लिई २ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ अर्ब १९ करोड रुपैयाँ सापटी लिई १ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

Advertisement

संस्थाले रिजर्भको आकार ४५३.५९ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष १ करोड ३४ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ७ करोड ४५ लाख रुपैयाँ पुगेको छ।  संस्थाको चुक्तापुँजी २३ करोड २२ लाख रुपैयाँ रहेको छ। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १६.४० रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४७.५५ गुणा रहेको छ। संस्थाको प्रतिसेयर नेटवर्थ १३२.०९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया