नुवाकोटमा राजस्व संकलनमा वृद्धि
नुवाकोट । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको अवधिमा आर्थिक गतिविधि कम भए पनि नुवाकोटमा राजस्व संकलनमा वृद्धि भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटकाअनुसार गत आर्थिक वर्ष २०७६-०७७ मा ४६ करोड ४१ लाख २१ हजार संकलन भएको छ । कार्यलयले अघिल्लो आर्थिक वर्ष २०७५-७६ मा ४० करोड ४५ लाख ६९ हजार राजस्व संकलन भएको थियो ।
यस वर्ष झण्डै ६ करोडले बढी राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटका सूचना अधिकारी युवराज डुम्रेले बताए । जिल्लामा सबैभन्दा बढी राजस्व जिल्ला प्रशासन कार्यालयबाट संकलन भएको छ । राहदानी वितरणका कारण जिल्ला प्रशासन कार्यालयको राजस्व अन्य कार्यालयबाट संकलित भन्दा बढी भएको हो । जिल्ला प्रशासन कार्यालयले गत आर्थिक वर्षमा २ करोड १५ लाख ५५ हजार ६ सय ३१ संकलन गरेको छ ।
यस्तै, बेलकोटगढी नगरपालिकाबाट एक करोड ६२ लाख ९९ हजार, जिल्ला प्रहरी कार्यालयबाट एक करोड तीन लाख २७ हजार, डिभिजन सडक कार्यालयबाट एक करोड ६८ लाख ४४ हजार संकलन भएको छ । गत आर्थिक वर्षका विभिन्न स्थानीय तहरुले सशर्तमा आएको बजेट, बेरुजु दाखिला लगायतबाट ३६ करोड ३३ लाख राजस्व जम्मा भएको कार्यालयका सूचना अधिकारी डुम्रेले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया