प्रदेश १ को पहिलो निर्णय : शहीदभूमिमै नमुना बस्ती

विदुर खबर २०७४ फागुन ३ गते १५:२५

३ फागुन, विराटनगर । प्रदेश १ को मन्त्रिपरिषदको पहिलो बैठकले शहीदको नाममा विभिन्न ११ ठाउँमा नमुना बस्ती निर्माण गर्ने निर्णय गरेको छ ।

Advertisement

बिहीबार सपथ ग्रहणपछि बसेको मन्त्रिपरिषदको पहिलो वैठकले प्रदेशभित्रको शहीद भूमिमा नमुना बस्ती विकास गर्ने निर्णय गरेको हो ।

वैठकपछि मुख्यमन्त्री शेरधन राईले राजनीतकि परिर्वतनका लागि वलिदानी गर्ने शहीदको सम्मानका लागि शान्त सुरक्षित, सुविधासम्पन्न नमुना बस्ती निर्माण गर्ने निर्णय गरेको जानकारी दिए ।

Advertisement

मन्त्रिपरिषदले मदन भण्डारीको जन्मथलो ताप्लेजुङको ढुंगेसाँघु, रत्नकुमार बान्तवा र बम बान्तवाको गाउँ इलामको चमैता, झापाको सुखानी, धनकुटाको छिन्ताङ, ओखलढुंगाको रामलक्ष्मण शहीदभूमि, तेह्रथुमको आङबुङ र नेत्रप्रसाद गुरागाई शहीदभूमि, भोजपुरको बासीखोरामा नमुना बस्ती बनाउने निर्णय गरेको हो ।

त्यस्तै संखुवासभाको स्याबुङ, भोजपुरको हतुवाघडी, तेह्रथुमको आठराई, पाँचथर मेहेलेपुरमा पनि नमुना बस्ती निर्माण गरिनेछ ।

Advertisement

मुख्यमन्त्री शेरधन राईसहित पाँच सदस्यीय मन्त्रीमण्डल गठन गरेलगतै बसेको पहिलो मन्त्रिपरिषद्को बैठक करिब २० मिनेट वसेको थियो ।

प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई प्रवक्तासमेत तोकेको छ ।
OnlineKhabar

प्रतिक्रिया