खड्काकाे ब्यक्तिगत पहलमा झाेलुङ्गे पुल निर्माण
विदुर खबर
२०७७ साउन १५ गते १५:१०
विदुर । नुवाकोटकाे दुप्चेश्वर गाउँपालिका वडा ७ स्थित नागिखाेलामा नेपाली कांग्रेसका युवा नेता एंव दुप्चेश्वर काठमाडौं सम्पर्क समिताका अध्यक्ष स्थानीय समाजसेवि सुशील खड्काकाे ब्यक्तिगत पहलमा दुप्चेश्वर ७ काे शिखरबेशि र सिंटाङ्ग जाेड्ने झाेलुङ्गे पुल निर्माण गरिएकाे छ ।
पुल बनेपछि दुप्चेश्वर ७ शिखरबेसि र सिंटाङ्गका जनताले बर्खाकाे समयमा पनि सहझै रुपमा अाेहाेरदाेहर गर्ने पाउने भएका छन । गतबर्ष मात्रै यहि खाेलाले बगाएर एक स्थानीय युवाकाे मृत्यु भएको थियाे । त्यस पश्चचात बर्खा समयमा अाेहाेरदाेहाेर गर्न त्रसित भएका स्थानीय जनता यश पुल निर्माण भए पछि हर्शित भएका छन।यसै बिषया हामिले यश पुल निर्माण गरिदिने समाजसेवि एंम नेपाली कांग्रेस नुवाकोटका युवा नेता एंव दुप्चेश्वर काठमाडौ सम्पर्क समितिका अध्यक्ष शुलिल खड्का संग बुझ्दा अाफु जन्मिएको जन्म गाउँमा याे सानाे सहयाेग गर्न पाउदा अत्यन्तै हर्शित भएको बताउनुभयाे यसअघि पनि अध्यक्ष खड्काले नुवाकोट जिल्लमा विभिन्न सामाजिक संस्था र मठ मन्दिर बिद्यालय लगायतलाई अार्थिक सहयाेग गर्दै अाउनुभएकाे थियाे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया