बि.पी. विचार राष्ट्रिय समाज नुवाकोटको सभापतिमा बसन्तजंग ठकुरी चयन

विदुर खबर २०७७ साउन १४ गते ९:०३

विदुर । बि.पी. विचार राष्ट्रिय समाज जिल्ला शाखा नुवाकोट गठन गरिएको छ ।

Advertisement

बि.पी. विचार राष्ट्रिय समाज जिल्ला कार्य समिति नुवाकोटको अधिवेसनले बसन्तजंग ठकुरी सभापतीमा चयन हुनुभएको छ । जिल्ला शाखाको उपसभापतीमा प्रकासचन्द्र ढुङ्गाना, सचिवमा बसन्तराज केसी र कोषाध्यक्षमा बासुदेव भट्ट चयन भएका छन् । यस्तै सदस्यहरुमा डाक्टर प्रधुम्न महत, विनिता आचार्य, नविन अधिकारी, शिव गुणी, राजन दाहाल, राजलाल मोक्तान, पुर्सोतम रिमाल, बासुदेव रिमाल, पुर्सोतम सिटौला, कृष्णप्रसाद पुडासैनी, श्यामबहादुर बस्नेत, हरी तामाङ, सिंगे तामाङ, हेम थापा, पुष्कर सापकोटा, राजेन्द्र श्रेष्ठ र बासुदेव तिमिल्सिना रहेका छन् ।

यस्तै क्षेत्र नम्बर १ को संयोजकमा केशव रिजाल र क्षेत्र नम्बर २ को संयोजकमा आर.पी. रिमाल चयन भएका छन् । गाउँगाउँमा बि.पी. विचार र सिद्धान्तलाई पुराउनको लागि स्थानीय तहमा समेत समिति निर्माण गर्नको लागि १२ वटै स्थानीय तहमा संयोजक छनौट गरी जिम्मेवारी प्रदान गरिएको छ । बि.पी. विचार राष्ट्रिय समाज जिल्ला कार्य समिति नुवाकोटका सभापती बसन्तजंग ठकुरीको अनुसार विदुर नगरपालिकामा रामहरी सडौला, बेलकोटगढी नगरपालिकामा उत्तम लामा, म्यागङ गाउँपालिकामा ओमबहादुर तामाङ, किस्पाङ गाउँपालिकामा क्षेत्रबहादुर तामाङ र दुप्चेश्वर गाउँपालिकामा सुदर्शन थापालाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

Advertisement

यस्तै तादी गाउँपालिकामा उत्तमप्रसाद कट्टेल, ककनी गाउँपालिकामा सुजित तामाङ, तार्केश्वर गाउँपालिकामा विजय मम्बा, सूर्यगढी गाउँपालिकामा दिवाकर अधिकारी पञ्चकन्या गाउँपालिकामा भगवान पौडेललाई संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । जिल्लाको शिवपुरी गाउँपालिका र लिखु गाउँपालिकामा संयोजक तोक्न बाँकी रहेको सभापती बसन्तजंग ठकुरीले जानकारी दिनुभएको छ ।

बि.पी. विचार र सिद्धान्त अन्तराष्ट्रिय रुपमा फैलिए पनि नेपाली काङ्ग्रेसले भने अनुसरण गर्न नसकेकोले जिल्ला, क्षेत्र र स्थानीय तहमा बि.पी. विचार राष्ट्रिय समाज गठन गर्नुपरेको सभापती ठकुरीले बताउनुभएको छ ।

Advertisement

प्रतिक्रिया