नुवाकोटका स्थानीय तहको बेरुजु २५ करोड,झण्डै ७ अर्व रुपैयाँ फ्रिज
नुवाकोट । नुवाकोटका स्थानीय तहहरूको बेरुजु रकम २५ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
महालेखापरीक्षकको हालै सार्वजनिक भएको प्रतिवेदनअनुसार २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको नुवाकोटमा आर्थिक वर्ष २०७५-०७६ मा २५ करोड ६ लाख ३२ हजार रुपैयाँ बेरुजु रहेको छ । नुवाकोटको सबै भन्दा कम म्यागङ गाउँपालिकाको रकम बेरुजु रहेको छ । ५५ करोड ५२ लाख १३ हजार रुपैयाँको लेखा परीक्षण गर्दा २३ लाख ६४ हजार रुपैयाँअर्थात ०.४३ प्रतिशत बेरुजु रहेको छ ।
यस्तै, तादी गाउँपालिकाको सबैभन्दा बढी ५ करोड ५ लाख ९५ हजार रुपैयाँ बेरुजु देखिएको छ । तादी गाउँपालिकाको ६८ करोड २४ लाख ९५ हजार रुपैयाँ परीक्षण गर्दा ७.४१ प्रतिशत बेरुजु देखिएको हो । विदुर नगरपालिकाको १ अर्ब ९५ करोड ५३ लाख ४५ हजार रुपैयाँको परीक्षण गर्दा ४ करोड ६९ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार बेलकोटगढी नगरपालिकाको १ अर्ब ३८ करोड ९४ लाख ५८ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ३ करोड २१ लाख ८३ हजार रुपैयाँ बेरुजु रहेको छ ।
यसैगरी, शिवपुरी गाउँपालिकाको १ करोड ११ लाख ३१ हजार रुपैयाँ, लिखु गाउँपालिकाको १ करोड ९० लाख ५५ हजार रुपैयाँ, सूर्यगढी गाउँपालिकाको ७३ लाख ३८ हजार र किस्पाङ गाउँपालिकाको १ करोड ५८ लाख २९ हजार रुपैयाँ बेरुजु रहेको महालेखापरीक्षकले प्रतिवेदन सार्वजनिक गरिएको छ । गत आर्थिक वर्ष २०७४-०७५ मा नुवाकोटको १२ वटै स्थानीय तहको गरी ३० करोड ७९ लाख ३६ हजार रुपैयाँ बेरुजु रहेको थियो ।
यस्तै जिल्लामा आर्थिक वर्ष २०७६-०७७ मा कुल विनिजोजन भएको बजेटमध्ये ६ अर्ब ८८ करोड ३३ लाख ५३ हजार ९ सय ५० रुपैयाँ फ्रिज भएको छ ।गत आवामा चालू र पुँजीगततर्फ संघीय र प्रदेश सरकारबाट १९ अर्ब १८ करोड ५ लाख २९ हजार ६ सय रुपैयाँ विनियोजन भएको थियो । जिल्लामा संघीय तथा प्रदेश सरकारबाट विनियोजन भएको पुँजी र चालू बजेटको जम्मा ६४.११ प्रतिशत बजेट खर्च भएको छ भने ३६.८९ प्रतिशत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नुवाकोटले जनाएको छ । विकास आयोजना (पुँजीगत) तथा प्रशासनिक खर्च (चालु) का लागि कुल विनियोजन भएको रकमको दुई तिहाइ भन्दा बढी बजेट खर्च भएको कार्यालयका सूचना अधिकारी युवराज डुम्रेले बताए ।
गत आवमा संघबाट आएको कुल बजेटको ६२.६३ प्रतिशत र बागमती प्रदेशबाट आएको कुल बजेटको ७०.८० प्रतिशत गरी गरी कुल ६४.११ प्रतिशत बजेट खर्च भएको छ । यस्तै बागमती प्रदेश सरकारबाट विनियोजन भएको चालूतर्फ १ अर्ब ८ करोड ५४ लाख ३२ हजार र पुँजीगततर्फ २ अर्ब ३९ करोड ५२ लाख ४२ हजार रकम बिनियोजन भएको थियो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयमा गत आर्थिक वर्षका लागि पुँजीगततर्फ प्राप्त ४ अर्ब ३० करोड १० लाख ८८ हजार ५०० रकममध्ये जम्मा २ अर्ब १८ करोड ३९ लाख १ हजार ९ सय ३० रुपैयाँ खर्च भएको छ । अर्थात कुल पुँजीगत बजेटको ५०.७८ प्रतिशतमात्रै खर्च भएको हो । यस्तै, संघीय सरकारको चालूतर्फ ६७.१० प्रतिशत बजेट खर्च भएको छ । संघीय सरकारको चालूतर्फ विनियोजन भएको ११ अर्ब ३९ करोड, ८७ लाख ६७ हजार ११९ मध्येबाट ७ अर्ब ६४ करोड ९० लाख ९ हजार ६७ बजेट खर्च भएको छ ।
जिल्लामा संघीय सरकारको बजेट भन्दा प्रदेश सरकारको बजेटको पुँजीगततर्फ बढी खर्च भएको छ । गत आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारबाट विनियोजन भएको पुँजीगततर्फको २ अर्ब ३९ करोड ५२ लाख ४२ हजार मध्ये १ अर्ब ६४ करोड ५८ लाख ४४ हजार ६१५ रकम खर्च भएको छ । कुल पुँजीगत बजेटको ७०.८० प्रतिशत बजेट खर्च भएको हो । यस्तै चालू बजेटतर्फ विनियोजन भएको १ अर्ब ८ करोड ५४ लाख ३२ हजार मध्ये ८१ करोड ८३ लाख ३८ हजार २५४ खर्च भएको डुम्रेले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया