सर्वोच्च अदालतद्वारा मुद्दा फिर्ता गर्ने फैसला
विदुर खबर
२०७५ असार ३१ गते १४:४८

काठमाडौँ, सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाको मुद्दा फिर्ता गर्ने फैसला सुनाएको छ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले झाले मुद्दा फिर्ता गर्न निवेदन दिनुभएपछि मुद्दा फिर्ता भएको फैसला सुनाएको हो । अघिल्लो सरकारले गरेको नियुक्ति वर्तमान सरकारले खारेज गरेकोविरुद्धमा झाले बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले वर्तमान सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी साउन ३ गते बोलाएको थियो तर झाले मुद्दा फिर्ता गर्न निवेदन दिएपछि अदालतले मुद्दा फिर्ता गर्ने फैसला सुनाएको हो ।
सम्बन्धित
प्रतिक्रिया