देशभर बाढी र पहिरोको वितन्डा,सावधानी अपनाउन मौसमविदको सुझाव

नुवाकोट । देशभर रातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुख्यगरी प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएको छ । ठूलो पानी पर्ने ठाउँमा बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन समेत महाशाखाले अनुरोध छ । अहिले प्रदेश २ का बारा, पर्सा र रौतहटका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ भने थप वर्षा हुने भएकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नवलपरासीका अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । त्यस्तै डडेलधुरा रंघुनको महाकाली दोभानसम्म बाढीको सम्भावना छ ।
काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मध्यम वर्षा भैरहेको छ । विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदीमा बहाव सतर्कता नजिक छ । बाढी पूर्वानुमान महाशाखाले नदी किनार र डुबान भईरहने होचा ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया