महिलाको आयआर्जन,सिप बिकास,क्रिष्टल माला तथा चुरा बनाउने तालिम सम्पन्न
महिलाको सिप बिकास तथा क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले नुवाकोटको बिदुर नगरपालिका भित्रका ११ जना महिलाहरुलाई १० दिने क्रिष्टल माला तथा चुरा बनाउन दिएको तालिम सम्पन्न भएको छ ।

भैरबी सेवा नुवाकोट सिप बिकास प्रशिक्षण केन्द्र तथा कोसेली घरको आयोजना तथा विदुर नगरपालिकाको सहयोगमा संचालन भएको महिलाहरुको आयआर्जनको लागी सिप बिकास क्रिष्टल माला तथा चुरा बनाउने १० दिने तालिममा बिदुर नगरपालिका वडा नम्बर १, ३, ४, ६, १० र १३ वटा वडाबाट चयन गरी ११ जना महिलाहरुलाई प्रशिक्षण दिएको हो । तालिम समापन कार्यक्रममा बिदुर नगरपालिकाका मेयर सन्जु पण्डितले नगरपालिकाले गरेको लगानीको राम्रो प्रतिफल आएमा महिलाहरुको सिप बिकास गरी आयआर्जन गर्नकोे लागी बिभिन्न तालिमको आयोजना गरी सदैब सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले सिकेको शिपबाट व्यवसायिक रुपमा काम गरेमा मात्र आर्थिक स्तर उकास्न मद्धत मिल्ने भन्दै अबको समयमा सिकेको सिपलाई ब्यबहारमा उतार्न आबश्यक रहेको बताउनुभएको छ ।
यस्तै, कार्यक्रममा भैरबी सेवा नुवाकोट सिप बिकास प्रशिक्षण केन्द्र तथा कोसेली घरका सञ्चालक शिबकुमारी डङ्गाेलले सिपको माध्यमबाट आर्थिक आयआर्जन गरी महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागी संस्था मार्फत निरन्तर प्रयास गरिरहेको बताउनुभएको छ । यस्तै, कार्यक्रममा बिदुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष लेलिन रञ्जितले तालिमबाट उत्पादन भएका दक्षजनशत्तिले समाजको नेतृत्व र क्षमता विकासमा टेवा पुराउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले महिलाहरु सामाजिक, आर्थिक र राजनैतिक रुपले पछाडि परेको बताउदै आफुले सिकेको सिपलाई सहि रुपमा कार्यान्वायन गरी आर्थिक स्तर बृद्धि गरी आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभएको छ । तालिम समापन कार्यक्रममा बिदुर नगरपालिका वडा नम्बर ३ का वडा सदस्य बबी रिमाल लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । १० दिने तालिममा प्रशिक्षकहरु शिबकुमारी डंगोल, बिना डंगोल र योगमाया डंगोलले प्रशिक्षण दिएका थिए । तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिमले आफुहरुमा भएको शिप तथा क्षमतालाई उजागर गरेको र व्यवसायिक सोचको विकास गरेको बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया