लागु औषध सहित २ जना पक्राउ
विदुर खबर
२०७७ असार २८ गते १७:४२

भक्तपुर । महानगरीय अस्थायी प्रहरी पोष्ट आशापुरी भक्तपुरबाट खटिएको प्रहरी टोलिले लागु औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले गए राती १९२० बजेको समयामा भक्तपुर सुर्यविनायक नगरपालिका –१० नासिकापुल स्थित बा. ४९ प.३६९७ को मोटरसाइकललाई चेकजाँच गर्दा काभ्रे पनौतीका कविराज सापकोटा र सोही ठाउँका सन्तोष सापकोटालाई १ किलो ३०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई महानगरीय प्रहरी वृत्त जगातीमा राखी थप अनुसन्धान भईरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया