पदभार ग्रहणपछि ओलीको घोषणा : दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय
३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षभित्र सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका छन् ।
बिहीबार पदभार ग्रहण गर्दै उनले २ वर्षभित्र गाउँपालिका र नगरपालिकामा सीटीईभीटीको सम्बन्धनमा प्राविधिक शिक्षालय स्थापना गर्ने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले २ वर्षभित्र संघीय संसदको आफ्नै भवन निर्माण गर्ने पनि घोषणा गरेका छन् । तत्कालै निर्माण सुरु गरी संघीय संसद भवन दुईवर्षभित्र पूरा गर्ने उनले बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता हुने भन्दै भ्रष्टाचारमा शून्य सहनशीलता ब्यवहारमा नै लागू गर्ने बताए । ‘भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने कुरा मात्रै होइन कार्यान्वयन गर्ने हो’ उनले भने ‘भ्रष्टाचारमा भेदभाव र संरक्षणको कुनै कुरा हुन सक्दैन, भ्रष्टाचार नियन्त्रण मेरो उद्देश्य हुनेछ ।’
प्रधानमन्त्री ओलीले पदभाार ग्रहण गर्दै पाँच वटा निर्णयमा हस्ताक्षर गरेका छन् । समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय लक्ष्य निर्धारण गर्दै उनले त्यसका लागि कानुनी व्यवस्था, प्रशासनिक पुनर्संरचना गर्ने पनि बताएका छन् ।
आर्थिक समृद्धिका लागि कृषिको व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, खानेपानीको आपूर्तिको व्यवस्था गर्ने पनि उनले बताएका छन् ।
आफू आर्थिक समृद्धिमा नै ध्यान केन्द्रित गर्ने भन्दै ओलीले आन्तरिक पूँजी परिचालन गर्ने, बाहृय लगानीका लागि अनुकुल वातावरण सिर्जना गर्ने बताए ।
OnlineKhabar
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया