सरकारको निर्णयमा सर्वोच्चको अंकुश,नेप्से प्रमुख साउदलाई काममा फर्काउन सरकारलाई सर्वोच्चको आदेश
नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई काममा फर्काउन सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।
सरकारले आफूलाई गैरकानूनी ढंगले पदमुक्त गराएको भन्दै सरकारी निर्णय कार्यान्वयनविरुद्ध अन्तरिम आदेशको माग गर्दै साउदले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सोमाथि आइतबार सुनुवाई गर्दै सर्वोच्चले साउदलाई काममा फर्काउन र आपसी छलफलका लागि असार १६ गते दुवै पक्षलाई बोलाउन आदेश दिएको हो ।
साउदले दायर गरेको रिटमा नेप्से प्रमुखको नियुक्ति वा पदमुक्त सम्बन्धी व्यवस्था धितोपत्र ऐन समेत आकर्षिक हुने उल्लेख गरिएको थियो । रिटमा नेप्से प्रमुखको पद प्रशासनिक पद रहेको र यो ठाउँमा आफू लोकसेवा आयोगको झै विभिन्न परीक्षा पास गर्दै नियुक्त भएकोले आफूलाई सबै राजनीतिक नियुक्ति खारेजीको नाममा पदमुक्त गर्नु अन्यायपूर्ण रहेको जिकिर गरिएको थियो ।
केही दिनअघिको क्याबिनेटले तत्कालीन देउवा सरकारले निर्वाचन आचारसंहिता लागेपछि गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आधार मानी अर्थमन्त्रालयले नेप्से प्रमुख साउदलाई आइतबार पदमुक्तको पत्र थमाएको थियो । उनलाई पदमुक्त गरिएसँगै अर्थले उपसचिव रमेश अर्याललाई अर्को व्यवस्था नभएसम्मका लागि नेप्से प्रमुखको जिम्मेवारी दिएर पठाएको थियो ।
चन्द्र साउदजस्तै क्याबिनेटको निर्णयबाट पदमुक्त भएका अन्य ६ जनालाई समेत सर्वोच्चले यसअघि छुट्टा छुट्टै आदेशमार्फत काममा फर्काउन आदेश दिइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया