नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ कर्मचारीमा कोरोना संक्रमण
विदुर खबर
२०७७ असार २२ गते १४:५३
नुवाकोट । तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ । नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तब्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया