बहुप्रतिक्षित मेलम्चीको पानी अबको २०/२१ दिनपछि काठमाडौमा !
काठमाडौं । बहुप्रतिक्षित तथा बहुचर्चित राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आज पानी हालेर परीक्षण सुरु भएको छ ।
अबको २० २१ दिनमा परीक्षण गरिएको पानी काठमाडौंको सुन्दरीजलमा आईपुग्ने छ । आज आईतबार विहानदेखि सुरुङभित्र पानी हालेर परीक्षण सुरु गरेको आयोजनाले जनाएको छ ।सुरुङको गेटहरु निर्माण सम्पन्न भएपछि पानी हालेर परीक्षण सुरु गरेको आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।
मुख्य मुहान क्षेत्र निर्माणाधिन रहेकोले बैकल्पिक रुपमा मेलम्ची खेलामै अर्कै मुहान बनाएर सुरुङमा पानी हालेर परीक्षण गरेको उहाँले बताउनुभयो ।अहिले अम्बाथान सुरुङमा पानी हालिरहेको छ । दैनिक दुई हजार लिटर प्रति सेकेण्ड क्षमता रहेको उक्त सुरुङमा अहिले दुई सय लिटर प्रतिसेकेण्डको दरले पानी हाली रहेको आयोजनाले जनाएको छ । अम्बाथान सुरुङखण्ड ८ सय मिटरमा पानी हाली मेलम्ची खोलामै पानी फकाई सुरुङको परीक्षण कार्य भईरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले बताउनुभयो ।
२०/२१ दिनपछि सुन्दरीजलसम्म सुरुङको परीक्षण हुनसक्ने आयोजनाले आँकलन गरीएको छ । पुरै सुरुङको परीक्षण हुन डेढ महिना बढि लाग्ने अनुमान छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया