ओलीको कुर्सी धरापमा,शक्तिशाली मन्त्रालयको लोभ देखाएर टिकिरहने दाउ

विदुर खबर २०७७ असार २१ गते २३:०४

काठमाण्डौ । दुई तिहाई नजिकको बहुमतप्राप्त दलबाट प्रधानमन्त्री बनेका केपी ओलीको कुर्सी धरापमा परेको छ ।

Advertisement

विगत केही दिनदेखिको अनवरत प्रयासले समेत आफ्नो कुर्सी जोगाउन पार्टीका अन्य गुटका नेताहरु तयार नदेखिएपछि अन्ततः नेकपालाई फूटाएरै भए पनि सत्तामा टिकिरहने जुक्ति निकाल्न थालेका छन् । यही क्रममा ओलीले आइतबार बिहान संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास बुढानिलकण्ठमा भेट्न भन्दै आफ्नो दूतका रुपमा सुवास नेम्वाङलाई पठाएका छन् । नेम्वाङले देउवालाई ओलीको सन्देश सुनाई सत्ता सहकार्यको प्रस्ताव समेत गरेका सानेपामा आइतबार ३ बजेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा बताइएको छ ।

ओली र उनका दूतसँगको भेटघाटको अजेण्डाको विषयमा कांग्रेसका केन्द्रीय सदस्यले खुलस्त पार्न सभापति देउवालाई दवाब दिएका थिए । जवाफमा देउवाले ओलीले आफूहरुलाई शक्तिशाली मन्त्रालय दिने गरी सत्ता सहकार्यको प्रस्ताव पठाएको खुलाएका थिए । देउवाले नेम्वाङ उद्धृत गर्दै ओली पार्टी फुटाउन तयार रहेका र पार्टी फुटेपछि पनि कांग्रेसको सहयोगमा आफैं प्रधानमन्त्री रहिरहने र अर्थ, गृह जस्ता शक्तिशाली मन्त्रालय कांग्रेसलाई दिने बताएका छन् ।  देउवाले ओलीको प्रस्ताव पार्टी केन्द्रीय समिति बैठकमा सुनाए पनि अधिकांश नेताहरुले ओलीको सत्ता टिकाउने गरी कांग्रेसले सहकार्य गर्न नहुने सुझाव दिएका थिए । ओली गुटले सत्ता सहकार्य नै चाहेको हो भने प्रधानमन्त्री कांग्रेसले पाउने गरी कुराकानी गर्न सकिने कतिपय नेताहरुले सुझाव दिएका स्रोतले उल्लेख गरेको छ ।

Advertisement

सत्ता सहकार्यका लागि शक्तिशाली मन्त्रालय नै तोकेर ओलीले प्रस्ताव पठाएपछि अब नेकपा फूटबाट नजोगिने र यस्तो बेलामा कांग्रेसले ध्यान दिएर निर्णय लिनुपर्नेमा समेत नेताहरुले जोड दिएका थिए ।

प्रतिक्रिया