प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा प्रवेशबारे अध्ययन शुरु
विदुर खबर
२०७७ असार १३ गते २१:११
जनकपुरधाम । प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा देखिएको सन्दर्भमा प्रदेशका कृषि वैज्ञानिकहरूले अध्ययन शुरु गर्नुभएको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकको टोलीले कीरा प्रवेशका सन्दर्भमा अध्ययन शुरू गर्नुभएको हो । कृषि वैज्ञानिकहरू सर्लाही जिल्लाको तेलबाली अनुसन्धान केन्द्रमा बसी अध्ययन गरिरहनुभएको जनाइएको छ । राज्यमन्त्री यादवले आज बिहान प्रदेशका विभिन्न जिल्लामा बथानमा देखिएको कीरा सलह नै भएको पुष्टि भएकाले यसबारे गहन अध्ययन र निरूपणबारे कृषि वैज्ञानिकहरूले कार्य प्रारम्भ गर्नुभएको बताउनुभयो ।
वैज्ञानिकहरूले कीराको प्रवेश नाका, सङ्ख्या र नियन्त्रणका आधार पहिल्याउनेबारे अनुसन्धानसमेत शुरु गर्नुभएको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया