गाडीको किस्ता तिर्न नसकेपछि रामेछापका एक युवाले गरे आत्महत्या

तस्विरः गगुल (सांकेतिक तस्विर)
नुवाकोट । रामेछाप जिल्लाका मन्थली नगरपालिका–३ का सानु कुमार कार्कीले टाटा कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदीबाट बा५ख २८४४ नम्वरको गाडी निकालेर यातायात क्षेत्रमा स्वरोजगार बनेर जीविकोपार्जन गर्दै थिए । यसै क्रममा विश्वभरि फैलिएको कोरोना महामारीको प्रकोप नेपालमा समेत पर्यो र गत चैत्र १० गतेदेखि नेपाल सरकारले लामो दुरीका सार्वजनिक यातायातमाथि प्रतिबन्ध लगायो । उनको गाडी घरैमा थन्कियो ।
उता, गाडी किस्तामा दिने सिप्रदी ट्रेडिङले लकडाउनकै अवधीमा गाडीको किस्ता तिर्न तारन्तार दवाव दिइरह्यो । बैंकमार्फत ऋण लिईको नभई सिप्रदी ट्रेडिङबाटै किस्तामा लिएकोले बैंकले दिएको असार मसान्तभित्र साँवाब्याज तिर्न छुट उनले पाउने भएनन् । अन्ततः उनले किस्ता तिर्न नसकेपछि सिप्रदी व्यवस्थापनले कार्कीले चलाउँदै आएको बा५ख२८४४ नम्वरको गाडी नियन्त्रणमा लियो । लकडाउनका कारण गाडी चलाएर आम्दानी गरेर किस्ता तिर्न सक्ने अवस्था नभएको तथा किस्ता थपिदै धेरै भएपछि अन्ततः उनले जीवनदेखि हार खाए र असार ९ गते विहान करिब बजेको समयमा मनोहरा नदिमा हाम फाले । सोही दिन उनको शव नदि किनारामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । सो घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
कोरोना महामारीको कारण जारी लकडाउनले सार्वजनिक यातायात धनीहरुको उठिबास मात्रै लागको छैन, आत्महत्या गर्न बाध्य पारेको घटना सार्वजनिक भएको छ । राजधानी काठमाडौंमै भएको सो घटनाले सिंगो यातायात क्षेत्रको प्रतिनिधित्व गर्ने यातायात मजदुर भलाई कोषका अध्यक्ष जीवन लामा बताउँछन् । सरकारले बैंकभन्दा बाहिरबाट किस्ता गाडी दिएका सबैलाई नियमनको दायरामा ल्याएर कुनै पनि स्वरोजगार मजदुर तथा उद्यमीले आत्महत्या गर्ने अवस्थाको अन्त्य हुनुपर्ने माग गरेका छन् ।
पीडित कार्कीका परिवारले स्वतन्त्र रुपमा घटनाको छानविन गर्न र दोषीहरुमाथि कारवाही गर्न माग गरेको छ । लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी भएपछि बनेका नयाँ कानुनमा आत्महत्या दुरुत्साहन मुद्दाको स्पष्ट व्यवस्था छ । आत्महत्या गर्न बाध्य पार्ने सिप्रदीमाथि आत्महत्या दुरुत्साहन मुद्दा लाग्छ कि पहुँचको भरमा उन्मुक्ति दिइन्छ यो भने प्रतिक्षाकै विषय बनेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया