तारकेश्वरमा क्यामरा ताडफोड प्रकरण : पत्रकार महासंघको विरोध

विदुर खबर २०७७ असार ११ गते २१:०२

नुवाकोट । बुधबार तारकेश्वर गाउँपालिका वडा नं. १ दाङसिङमा भएको गाउँसभामा दृश्य खिच्ने क्रममा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा नं. ६ का वडाअध्यक्ष ज्ञानेन्द्र तामाङ, वडा नंं. ३ का वडाअध्यक्ष सूर्यमान श्रेष्ठ र वडा नं. १ का वडाध्यक्ष दयानिधी अधिकारीले पत्रकारको क्यामेरा खेसेर फुटाएको घटनाप्रति नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले भत्र्सना गरेको छ ।

Advertisement

महासंघले विहीबार विज्ञप्ती निकाल्दै घटनाको छानिविन गर्न माग गरेको छ । सचिव जगदीश खनालले हस्ताक्षर गरेको विज्ञप्तीमा निर्वाचित जनप्रतिनिधीहरुबाट नै स्वतन्त्र प्रेसको धज्जी उडाउने र पेशामाथि नै प्रहार हुनेगरी आक्रमण गरी सञ्चार सामग्री तोडफोडको घोर भत्र्सना गरिएको छ । महासंघले क्षतिभएको सामग्रीको सम्मानजनक क्षतिपूर्ति सहित सुरक्षित रुपमा काममा लाग्ने वातावरण बनाउन माग गरेको छ ।

बुधबार  टिभी त्रिशूलीका पत्रकार सुजित भण्डारीको गाउँसभामा दृश्य खिच्ने क्रममा वडाध्यक्षहरुले  हातबाट क्यामेरा खोसेर ढोकाबाहिर फालिदिएर तोडफोड गराएका थिए । पत्रकारको क्यामेरा खोसेर फुटाएको विरोध हुनथालेपछि पत्रकार भण्डारीसहित कार्यस्थलमा रहेका त्रिशूली खबरमा सम्पादक नवदीप श्रेष्ठ, मिक्स एफएमका प्रमुख विष्णु अधिकारी विरुद्ध गाउँसभामा विरोध गर्न आएका नेपाली कांग्रेसका कार्यकर्ताहरुले धम्कीपूर्ण नाराबाजी गर्दै हातखुट्टा भाँचिदिने चेतावनी समेत दिएका थिए ।

Advertisement

वडाअध्यक्षहरुले सञ्चारकर्मीमाथि गरेको आक्रमण र सञ्चार साधनको तोडफोडको घटनापछि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र बागमति प्रदेश समितिले पनि विज्ञप्ती प्रकाशन गरी घोर भत्र्सना गरेका छन् । केन्द्रीय महासचिव रमेश विष्ट र प्रदेश समितिका महासचिव कृष्ण सारुमगरले हस्ताक्षर गरेको छुट्टाछुट्टै विज्ञप्तीमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि गाउँपालिकाका जिम्वेवार पदाधिकारीहरुबाट समाचार संकलनमा अवरोध, दुव्र्यवहार र सञ्चारसामग्रीको तोडफोड गरिनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको भन्दै कडा भत्र्सना गरिएको छ ।

प्रतिक्रिया