आज यस वर्षको सबैभन्दा लामो दिन

विदुर खबर २०७७ असार ६ गते १०:२७
नुवाकोट । आज आषाढ ६ गते, यो बर्षको सबैभन्दा लामो दिन अर्थात १३ घंटा ५२ मिनेट ४८ सेकेन्डको दिन हो । आज सूर्यले कर्कट रेखा वा कर्कट रासीमा स्पर्ष गरेको दिन हो । आजबाट सूर्यको गति दक्षिणी गोलार्धको मकर रेखा तर्फ दौडिएको छ, अर्थात सूर्य दक्षिणायन भएको छ।

आजबाट बर्षा ऋतु सुरु भयो। हाम्रा पूर्वज जसले यो गणित जानेर पंचाङ्ग निर्माण गरि आज कर्कट संक्रांति मानी आगोको अगुल्टो दक्षीण तर्फ फ्याक्ने अर्थात लुतो फ्याक्ने पर्व मनाउन थाले। यि सवै गणितीय सुत्र जानेका हाम्रा पंचाङ्ग निर्णायक समितिले सत्यकुरो हिसावमा देखाउछन्, सवैले नबुझ्ने भाषामा लेख्छन् र नितान्त व्यक्तिगत आर्जनको लागि मुख्य तया निम्न कुरा सरकारको निर्णय लत्याउदै झुठ लेखेर पंचाङ्ग प्रयोग कर्ताहरुलाई मूर्ख बनाएका छन् ।

Advertisement

*गलत समयमा सक्रान्ति देखाउनेः जस्तै आज कर्कट संक्रांति वा साउने सक्रान्ति हुनुपर्ने तर २६ दिन पछि देखाईएको ।

*गलत समयमा ऋतु: आजबाट बर्षा ऋतु सुरुभयो तर पंचाङ्गमा गृष्म नै लेखिएको छ।

Advertisement

*गलत अयनः आजबाट सू्र्य दक्षिणायन भयो तर उत्तरायण नै लेखिएको छ।

*मुहूर्तहरु गलत समयमा दिईएका छन्।

Advertisement

*प्रत्येक सांस्कृतिक एवं धार्मिक पर्वहरु पूरा एक महिना पछाडी धकेलिदिएका छन् ।

प्रतिक्रिया