राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक,१५ जनाभन्दा धेरै जम्मा हुन नपाउने
विदुर खबर
२०७७ असार ५ गते २०:४६

नुवाकोट । सरकारले अत्यावश्यक काम बाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ ।
गृहमन्त्रालयले ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गर्दै उक्त व्यवस्था गरेको हो। त्यसैगरी माल सामान ढुवानी गर्ने कुनै पनि सवारी साधानमा चालक र सहचालक भन्दा बाहेकका अन्य मान्छे चढ्न रोक लगाएको छ।
त्यसैगरी विवाह,ब्रतबन्ध,मृत्यु संस्कार लगायतका कार्यमा आवश्यक सामाजिक दुरी कायम गर्ने र यस्ता कार्यमा १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया