सक्रिय हुँदै मनसुन, आज राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना
विदुर खबर
२०७७ असार १ गते २१:२८

नुवाकोट । अहिले नेपालमा मनसुन सक्रिय भएको छ। जसका कारण केही दिनयता दैनिक वर्षा भइरहेको छ।
मौसमविद्का अनुसार अहिले पनि काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार आज राति प्रदेश १, २, बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यसैगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी, ५ र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको माैसम महाशाखाले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया